४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवल कोरोना बिशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवलको कोरोना बिशेष अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल ४ का ८४ वर्षिय पुरुषको आज मध्यान्ह १ः२५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसेको उनी स्वास्थ्यमा समस्या आएपछि बुधबार दिँउसो कोरोना बिशेष अस्पतालमा भर्ना भएका थिए । उपचारमा सबै उपाय अपनाउंदा पनि उनलाई बचाउन नसकिएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

मृतकको स्थायी घर गुल्मी रुरुक्षेत्र गाँउपालिका १ भएपनि उनी केहि दिन देखि उनको बुटवल ४ स्थित आफ्नै घरमा बस्दै आएका थिए । उनीमा गत मंगलबार कोरोना पुष्टि भएको थियो । मृतकमा उच्च रक्तचाप, मधुमेह, मृगौला जस्ता दिर्घ रोग रहेको प्रवक्ता गौतमले बताए ।

बिहिबार थपिएका १ जना मृतक सहित रुपन्देहीमा मृतकको संख्या ३० पुगेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  २ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको