२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नजिक, बिहीबार थपिए ४ हजार ३६४ जना



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या एक लाख नजिकै पुगेको छ ।

बिहीबार ४ हजार ३६४ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

१८ हजार ४७३ पीसीआर परीक्षण गर्दा ४ हजार ३६४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु दिनदिनै बढ्ने क्रम निरन्तर जारी छ । बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै ४ हजार ३६४ जना संक्रमित थपिएका थिए ।

बिहीबार सक्रिय संक्रमित २६ हजार ६८४ रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेहरुको संख्याको ७१ हजार ३४३ पुगेको छ ।

 

यसै समाचारमा बिहीबार थपिएका ४ हजार ३६४ हुनुपर्नेमा अन्यथा भएकोले सच्चाएका छौं

 

 

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ४ : २१ बजे

जेनजी आन्दोलन : तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

बागमती । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका