१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नजिक, बिहीबार थपिए ४ हजार ३६४ जना



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या एक लाख नजिकै पुगेको छ ।

बिहीबार ४ हजार ३६४ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

१८ हजार ४७३ पीसीआर परीक्षण गर्दा ४ हजार ३६४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु दिनदिनै बढ्ने क्रम निरन्तर जारी छ । बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै ४ हजार ३६४ जना संक्रमित थपिएका थिए ।

बिहीबार सक्रिय संक्रमित २६ हजार ६८४ रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेहरुको संख्याको ७१ हजार ३४३ पुगेको छ ।

 

यसै समाचारमा बिहीबार थपिएका ४ हजार ३६४ हुनुपर्नेमा अन्यथा भएकोले सच्चाएका छौं

 

 

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ४ : २१ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा