४ पुस २०८२, शुक्रबार | December 20, 2025

लुम्बिनी प्रदेशका प्रदेशसभाका सभामुख सहित रुपन्देहीमा ११८ जनामा कोरोना संक्रमण पुष्टि



बुटवल । लुम्बिनी प्रदेशका प्रदेशसभाका सभामुख पुर्ण घर्ती सहित रुपन्देहीमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लामा शुक्रबार ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ भने प्रदेशसभाका सभामुख घर्तीले आफुलाई कोरोना संक्रमण भएको फेसबुक वाल मार्फत सार्वजानिक गरेका छन् ।

रुपन्देहीमा आजै दिउंसो प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

रुपन्देहीमा आज पनि सबैभन्दा बढी बुटवलमा कोरोना संक्रमित थपिएका छन् । बुटवलमा शुक्रबार ६७ जना कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीको तिलोत्तमामा १७ जना, सिद्धार्थ नगरमा १६ जना, कोटहिमाईमा ६ जना, देवदहमा ५ जना, सैनामैनामा २ जना तथा मायादेबी, रोहिणी, गैडहवा, सियारी र लुम्बिनी साँस्कृतिक नगरपालिकामा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा आज थपिएसंगै कुल संक्रमितको संख्या ३४१६ पुगेको छ । जिल्लामा ३३ जना संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको