२० माघ २०८२, मंगलबार | February 3, 2026

लुम्बिनी प्रदेशका प्रदेशसभाका सभामुख सहित रुपन्देहीमा ११८ जनामा कोरोना संक्रमण पुष्टि



बुटवल । लुम्बिनी प्रदेशका प्रदेशसभाका सभामुख पुर्ण घर्ती सहित रुपन्देहीमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लामा शुक्रबार ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ भने प्रदेशसभाका सभामुख घर्तीले आफुलाई कोरोना संक्रमण भएको फेसबुक वाल मार्फत सार्वजानिक गरेका छन् ।

रुपन्देहीमा आजै दिउंसो प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

रुपन्देहीमा आज पनि सबैभन्दा बढी बुटवलमा कोरोना संक्रमित थपिएका छन् । बुटवलमा शुक्रबार ६७ जना कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीको तिलोत्तमामा १७ जना, सिद्धार्थ नगरमा १६ जना, कोटहिमाईमा ६ जना, देवदहमा ५ जना, सैनामैनामा २ जना तथा मायादेबी, रोहिणी, गैडहवा, सियारी र लुम्बिनी साँस्कृतिक नगरपालिकामा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा आज थपिएसंगै कुल संक्रमितको संख्या ३४१६ पुगेको छ । जिल्लामा ३३ जना संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ०६ बजे

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि

निर्वाचन आउन ३० दिन बाँकी : मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा