५ पुस २०८२, शनिबार | December 20, 2025

चितवनमा ३५ जना कोरोना संक्रमित थपिए



चितवन । चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको २८९ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित ३५ जना सबै चितवनका हुन् । संक्रमित हुनेहरू १४ वर्षीया बालिकादेखि ६९ वर्षका वृद्धसम्म छन् । भरतपुर अस्पतालले शुक्रबार बेलुकी सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका ९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्तिका ४ पुरूष र १ महिला, खैरहनीका १ महिला, रत्ननगरका ४ पुरूष र २ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

इच्छाकामनाका २ महिला र माडीका २ पुरूष र २ महिलामा पनि संक्रमण भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ७ : २७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता