४ पुस २०८२, शुक्रबार | December 20, 2025

स्वयंसेवीको ९१ औ रक्तदान



बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्लाको ९१ औ नियमित रक्तदान कार्यक्रम शनिबार बुटवलमा सम्पन्न गरेको छ ।

सत्य श्री साईबाबा सप्लायर्सको सहआयोजनामा तथा रक्तसंचार सेवा केन्द्र ब्लड बैक बुटवलको प्राविधिक सहयोगमा शनिबार रक्तदान भएको हो ।

कार्यक्रमको नेपाल स्वस्थ्य अनुसन्धान परिषद लुम्बिनी प्रदेशका डा प्रसान्त आचार्यले उद्घाटन गर्दै रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।
कार्यक्रमका संयोजक अर्जुन प्रसाद पौडेलले १ सय ५० जना स्वयंसेवी रक्तदाताहरु कार्यक्रममा सहभागि भएको बताए । हरेक १६ वर्ष पुरा गरेको स्वस्थ्य युवा रक्तदात गर्न सक्ने भन्दै उनले रक्तदानसंगै जिल्लामा सचेतना कार्यक्रमलाई जोड दिएको बताए ।

कार्यक्रममा मार्वल टेक्नोप्लाष्ट कम्पनीद्धारा प्रत्येक रक्तदातालाई एक थान सेनिटाईजर तथा सम्मानपत्र सौजन्य गरेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको