२३ भदौ २०८३, मंगलबार | September 8, 2026

चोरी पैठारीको सामानमा सशस्त्र प्रहरीको निगरानी, डेढलाख बढीको सामान बरामद



नेपालगन्ज । बाँकेको नेपाल भारत सिमा नाकास्थित दशगजा क्षेत्र नजिकैबाट भारतबाट चोरी पैठारी हुँदै गरेको ठुलो मात्रामा अबैध सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल (बिओपीं ) जमुनाहा भन्सारबाट खटिएको प्रहरी टोलीले आईतबार दिउँसो अबैध सामग्री सहित एउटा भारतीय नम्बर प्लेटको मोटरसाईकल समेत बरामद गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुस्थित दशगजा क्षेत्रबाट भारतीय नम्बर प्लेटको मोटरसाईकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा करीब १ लाख ५५ हजार ६०० मुल्य बराबरका कस्मेटीक सामान, कपडा, जुत्ता तथा सुर्तीजन्य सामग्री बरामद गरेको सशस्त्र प्रहरीको जमुनाहा (बीओपी)का सशस्त्र प्रहरी निरिक्षक जीवनलाल बुढाले जानकारी दिए ।

सशस्त्र प्रहरीको टोलीलाई देखेपछि सामान र मोटरसाईकल छाडेर तस्कर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामग्री आवयश्क कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ४ : ०२ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा