२२ माघ २०८२, बिहिबार | February 5, 2026

दशैं बजारमा सेल अफर



काठमाडौं । दशैं नजिकिएसँगै बजार सेल अफरले तातेको छ । व्यापारीहरुले दशैंको मुखमा पुरानो सामान कटाउन सेल अफर ल्याउने गर्छन् ।

यसपटक लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपरेको अवस्थाले गर्दा आर्थिक स्थितिमा सुधार ल्याउन पनि स्टक क्लियरेन्स गरी व्यापार बढाउने रणनीतिमा व्यापारिहरु देखिन्छन् । तर यस्तो बजारमा उपभोक्ताहरु गुणस्तरमा ठगिन सक्ने भन्दै नियमनको आवस्यकता रहेको उपभोक्ताकर्मीहरु बताउँछन् ।

दशैं नजिकिदै गर्दा काठमाडौं उपत्यका भित्रका मुख्य बजारहरु सेल अफरले तातेको छ । खासगरी लत्ताकपडा, जुत्ता लगायतका फेन्सी पसलहरुमा सेल अफर र विभिन्न छुटहरुका अफर टाँसिएका ब्यानरहरु प्रसस्तै देखिन्छ ।

व्यापारीहरुले १० देखि ६० प्रतिशत सम्म छुट दिई सेल अफर ल्याएका छन् । लामो समय कोभिड १९ रोकथामका लागि लागू भएको लकडाउनका कारण व्यापार गर्न नपाएको र पुरानो समान स्टक रहने स्थिति आएपछि स्टक क्लियरेन्सका लागि पनि अधिकांश व्यापारीहरुले सेल अफर ल्याएको बताएका छन् ।

लकडाउनमा व्यापार गर्न नपाएपनि घरभाडा लगायतको दायित्व व्यहोर्नुपरेको अवस्थामा आफुसँग भएको स्टक सामानको क्लियरेन्स गरी आर्थिक जोहो गर्ने रणनीतिमा व्यापारीहरु छन् । यस्तो अवस्थामा आफुले खरिद गरेको मूल्य भन्दा पनि कम मूल्यमा सामान विक्री गर्न बाध्य भएको व्यापारीहरु बताउँछन् ।

पसलमा रहेको पुरानो समान सकेर नयाँ समान ल्याउनका लागि पनि सेल अफर मार्फत विक्री गर्ने रणनीति अपनाइएको व्यापारीहरुको भनाई छ ।

उपभोक्ताकर्मीहरु भने दशैं तिहार र छठ पर्वलाई लक्षित गरी ल्याइएको सेल अफरको बजारलाई नियमन गर्नुपर्ने बताउँछन् ।

खासगरी सेल अफरमा विक्री गर्न लागिएका समानहरुको वास्तविक गुणस्तर र मूल्यको जानकारी पर्याप्त नहुने र उपभोक्ताले ढुक्क भएर खरिद गर्न पाउने अवस्था नरहेकोले नियमनको आवश्यकता रहेको उपभोक्ताकर्मी माधव तिमिल्सिनाले बताए ।

दशैं, तिहार र छठमा नयाँ कपडा, घरायसी सामग्रीहरु किन्ने ग्राहकहरु धेरै हुन्छन् । सेल अफरमार्फत ग्राहक तान्नको लागि पनि व्यापारीहरुले विभिन्न रणनीति सहितको अफर ल्याएका हुन्छन् ।

सेल बजारमा सस्तोमा समान पाउने भएपनि त्यसको गुणस्तरको विषयमा भने खुलाइएको हुँदैन । यसबाट उपभोक्ताले सही समान पाउन सक्छन सक्दैनन भन्ने ज्ञारेन्टी नभएको उपभोक्ताकर्मीहरु बताउँछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ५ : ०५ बजे

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु