११ श्रावण २०८३, सोमबार | July 28, 2026

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्ड ३ दिन दैनिक ३ घण्टा बन्द रहने



बुटवल । सिद्धार्थ राजमार्ग आज २६ गते बाट ३ दिन सम्म प्रत्येक दिन ३ घण्टा बन्द गरिने भएको छ ।

राजमार्गको बर्तुङदेखि चिडियाखोलासम्मको राजमार्गका बिभिन्न स्थानमा खसेको पहिरो हटाई दुईतर्फि बाटो सुचारु बनाउन ३ दिन ३ घण्टा सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

केही साता पहिले अविरल वर्षासँगै झरेको पहिरोले राजमार्गको दर्जनौं ठाउँमा पहिरो गएका कारण प्रायजसो स्थानमा एकतर्फी मात्र सडक सञ्चालनमा रहेको छ।

सडक दुईतर्फि सञ्चालनका लागि मर्मत गर्न थालिएको सडक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ३ दिन सम्म बिहान ६ बजेबाट ९ बजे सम्म सडकको पुरै आवागमन बन्द गरेर काम गरिने छ । सडक बन्द भएपछि सुचना नपाएर गन्तब्य तय गरेका सवारी साधनहरु आज बिहनै देखि राजमार्गमा रोकिएका छन् ।

चालु आर्थिक वर्षमा नै सिद्धार्थ राजमार्गका कतिपय ठाउँमा घुम्ती काटेर फराकिलो बनाउने काम जारी रहेका कारण यो वर्ष बढी पहिरो गएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : ४१ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला