५ पुस २०८२, शनिबार | December 20, 2025

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्ड ३ दिन दैनिक ३ घण्टा बन्द रहने



बुटवल । सिद्धार्थ राजमार्ग आज २६ गते बाट ३ दिन सम्म प्रत्येक दिन ३ घण्टा बन्द गरिने भएको छ ।

राजमार्गको बर्तुङदेखि चिडियाखोलासम्मको राजमार्गका बिभिन्न स्थानमा खसेको पहिरो हटाई दुईतर्फि बाटो सुचारु बनाउन ३ दिन ३ घण्टा सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

केही साता पहिले अविरल वर्षासँगै झरेको पहिरोले राजमार्गको दर्जनौं ठाउँमा पहिरो गएका कारण प्रायजसो स्थानमा एकतर्फी मात्र सडक सञ्चालनमा रहेको छ।

सडक दुईतर्फि सञ्चालनका लागि मर्मत गर्न थालिएको सडक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ३ दिन सम्म बिहान ६ बजेबाट ९ बजे सम्म सडकको पुरै आवागमन बन्द गरेर काम गरिने छ । सडक बन्द भएपछि सुचना नपाएर गन्तब्य तय गरेका सवारी साधनहरु आज बिहनै देखि राजमार्गमा रोकिएका छन् ।

चालु आर्थिक वर्षमा नै सिद्धार्थ राजमार्गका कतिपय ठाउँमा घुम्ती काटेर फराकिलो बनाउने काम जारी रहेका कारण यो वर्ष बढी पहिरो गएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : ४१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता