४ पुस २०८२, शुक्रबार | December 20, 2025

७० जना पत्रकारहरुलाई इन्जाको लेखनवृत्ति



काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल इन्जाले पहिलो चरणको कार्यक्रम अन्तर्गत कोभिड १९ बाट प्रभावित ७० जना पत्रकारहरुलाई सहयोग स्वरुप लेखनवृत्ति प्रदान गर्ने भएको छ ।

इन्जाले कोरोनाको बहनामा जागिरबाट निकालिएका, बेतलबी बिदामा बस्न बाध्य पारिएका, काम गरेर पनि तलब नपाएका, पत्रकारिता क्षेत्रमै रहेका तर हाल कुनै पनि पेशामा नरहेका पत्रकारहरुलाई लेखनवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।

विभिन्न देशमा छरिएर रहेका नेपाली पत्रकारहरुको संस्था इन्जाले नेपालमा कार्यरत पत्रकारहरुको श्रीवृद्धिका लागि विभिन्न काम गर्दै आएको छ ।

इन्जाको वेभसाइट, सामाजिक संजाल र अन्य माध्यममार्फत लेखन बृद्धिका लागि फर्म भर्न गत महिना आह्वान गरिएको थियो । सो आह्वान अनुसार प्राप्त नामावलीहरुबाट इन्जा एशियाको प्रस्ताबमा इन्जा ग्लोबल बैठकले स्वीकृति गरेपछि प्रक्रिया अगाडि बढाइएको हो ।

इन्जा एशियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा बसेको सल्लाहकार सहितको बैठकले लेखनवृत्ति प्राप्त गर्नुहुने पत्रकारहरुले एक हप्ताभित्र फिचर आर्टिकल तयार गरिसक्नुपर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ४ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको