४ पुस २०८२, शुक्रबार | December 20, 2025

लुम्बिनी प्रदेशमा कोरोनाको ‘हटस्पट’ बन्दै रुपन्देही



बुटवल । प्रदेश नम्बर ५ को अस्थायी राजधानीका रुपमा रहेको रुपन्देहीबाट अस्थायी राजधानी दाङ सार्ने निर्णय भएपनि प्रदेशमा कोरोना संक्रमणको राधानी भने कायम रहेको छ । अघिल्लो हप्ता सम्म २ अंकका दरले बढ्दै गएको कोरोना संक्रमण चालु हप्ताको प्राय सबै दिन ३ अंकका दरले कोरोना संक्रमित बढ्दै गएका छन् ।

सोमबार पनि रुपन्देहीमा ३ अंककै दरले कोरोना संक्रमित थपिएका छन् । सोमबार रुपन्देहीमा १ सय ५८ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । सोमबार पनि जिल्लामा सबै भन्दा बढी बुटवल उपमहानगरमा ९७ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकामा २३।२३ जना संक्रमित थपिएका छन् भने सैनामैनामा ५ जना, देवदहमा ४ जना, सुद्धोधनमा २ जना तथा रोहिणी, सियारी, कन्चन र ओमसतिया गाँउपालिकामा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

सोमबार थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ३८५० पुगेको छ । जिल्लमा ४१ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । रुपन्देहीमा २५४४ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १० : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको