४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री ओलीले छलफलका लागि काठमाडौं बोलाए मख्यमन्त्री शाही र बागी कँडेललाई



काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वास प्रस्ताव अलपत्र अवस्थामा पर्दै असफल भएको छ ।

अविश्वास प्रस्तावमा हस्ताक्षरकर्ता माधवनेपाल समुह र पूर्वमाओवादीका ३ सांसदले हस्ताक्षर फिर्ता लिएसँगै प्रस्ताव अलपत्र परेको छ ।

प्रस्तावका मुख्य योजनाकार नेता यामलाल कँडेल समुहमा बहुमत नपुगेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ ।

यससँगै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाही र कँडेल दुवै जनालाई काठमाडौं बोलाएका छन् ।

तत्कालका लागि मुख्यमन्त्रीको पद जोगिएपनि प्रदेशको पार्टी कमिटी र सरकारको विवाद तत्कालै नथामिने देखिएपछि अध्यक्षद्वयले दुवै जनालाई काठमाडौं बोलाएका हुन् ।

प्रदेशमा सरकार परिवर्तनसम्बन्धी कुनै पनि गतिविधि नगर्न पार्टी केन्द्रबाट निर्देशन समेत जारी भएको छ ।

यसअघि, अध्यक्ष प्रचण्ड र नेपाल पक्षबीच सहमति भएपछि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुले हस्ताक्षर फिर्ता लिने घोषणा गरेका थिए ।

दुई पक्षीय सहमति अनुसार नेपाल समुहका अविश्वास प्रस्तावकै हस्ताक्षरकर्ता कुर्मराज शाहीलाई मुख्यमन्त्रीले सचेतकमा नियुक्त गरिसकेका छन् । यस्तै, नेपाल समुहका ३ सांसदलाई मन्त्री बनाउने समेत सहमति भएको छ ।

अब, प्रदेशको विवाद समाधानका लागि पार्टी केन्द्रकै हस्तक्षेप हुनेभएपछि नेताहरु पछि सरेका छन् ।

मंगलबार बिहानै संघीय संसदमा नेकपा संसदीय दलका उपनेता एवं प्रधानमन्त्रीका विश्वासप्राप्त नेता सुवास नेम्वाङले अविश्वासको प्रस्ताव अगाडि नबढाउन नेता कँडेललाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको अनुमतिपछि नेम्वाङले फोनसम्पर्क गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ४ : ०६ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ