११ श्रावण २०८३, सोमबार | July 28, 2026

लमजुङको कोरोना संक्रमितको पोखरामा मृत्यु



पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा एक जना पुरुषको मृत्यु भएको छ ।

लमजुङको बेंसीसहर नगरपालिका २, घर भएका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट पोखरामा मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा आईसीयुमा उपचार गराइरहेका उनको मंगलबार दिउँसो ४ बजेर २३ मिनेटमा मृत्यु भएको हो ।

अस्पताल निर्देशक सह-प्राध्यापक डा.अर्जुन आचार्यद्वारा जारी विज्ञप्तिमा असोज १८ गते कोभिड संक्रमण भई उपचार केन्द्रको आईसीयुमा भर्ना गरी उपचार गराइरहेका ती व्यक्तिको मृत्यु भएको जानकारी दिएको छन ।

ती व्यक्तिमा कोभिड १९, मुटुको समस्या, मधुमेहको समस्या रहेको आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोभिड-१९ पोजिटिभ भएर प्रतिष्ठानमा मृत्यु भएको उनी १२ औं व्यक्ति रहेको अस्पतालले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, लमजुङका २, बागलुङ र म्याग्दीका १र१ जना छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ७ : ०७ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला