४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेकपा सांसद एवं गायिका सानु पहाडीको निधन



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की संघीय सांसद तथा जनवादी गायिका सानु पहाडीको निधन भएको छ।

प्रतिनिधि सभाकी सांसद पहाडीको बुधबार बिहान उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।

सिवा मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन । उनको २०६३ मा भारतको मिगौला प्रत्यारोपण गरिएको थियो।

सिवाको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

सिवालाई तत्कालिन नेकपा एमालेले इलामबाट समानुपातिक सांसदमा चयन गरेको थियो। पहाडी २०३६/३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन । ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएकी पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी थिइन ।

सिवा राजनीतिका साथसाथै गीत संगीतको क्षेत्रमा सक्रिय थिइन । उनका ‘नरोए आमा’ र ‘बाँचेछु भने’ गरी दुईवटा गीति एल्बम प्रकाशित छन्।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको