२ माघ २०८१, बुधबार | January 15, 2025

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु



विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुधबार बेलुका ७ बजे दांग्पा १ तेह्रथुमका ४९ वर्षीय पुरुषको आकश्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशीष श्रेष्ठका अनुसार निमोनिया देखिएसँगै धनकुटा अस्पतालबाट अशोज २५ गते प्रतिष्ठानको आकश्मिक कक्षमा भर्ना गरिएको थियो । असोज २६ गते ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । बिरामीमा अरु कुनै दीर्घ रोग नरहेको सहप्रवक्ता डा.श्रेष्ठले बताए ।

योसँगै प्रतिष्ठानमा ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १ मा बुधबार कोरोना भाइरस कोभिड १९ का ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको थियो ।

जसमा सुनसरीमा १ सय ९७, मोरंगमा १ सय ८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलामममा समान १ र प्रदेश १ बाहिरबाट ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । धरान उपमहानगरपालिकामा बुधबार ४९ महिला र ६५ पुरुषसँगै १ सय १४ जनामा संक्रमण देखिएको थियो ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ७ : २८ बजे

भूमिसबन्धी अध्यादेशमा बालेन शाहको व्यंग्य

काठमाडौं । सरकारले भूमिसबन्धी अध्यादेश लागु गरे पछि क्रिया प्रतिक्रिया

यस्ता छन् अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौं । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि

राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा