७ आश्विन २०८३, बुधबार | September 23, 2026

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु



विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुधबार बेलुका ७ बजे दांग्पा १ तेह्रथुमका ४९ वर्षीय पुरुषको आकश्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशीष श्रेष्ठका अनुसार निमोनिया देखिएसँगै धनकुटा अस्पतालबाट अशोज २५ गते प्रतिष्ठानको आकश्मिक कक्षमा भर्ना गरिएको थियो । असोज २६ गते ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । बिरामीमा अरु कुनै दीर्घ रोग नरहेको सहप्रवक्ता डा.श्रेष्ठले बताए ।

योसँगै प्रतिष्ठानमा ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १ मा बुधबार कोरोना भाइरस कोभिड १९ का ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको थियो ।

जसमा सुनसरीमा १ सय ९७, मोरंगमा १ सय ८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलामममा समान १ र प्रदेश १ बाहिरबाट ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । धरान उपमहानगरपालिकामा बुधबार ४९ महिला र ६५ पुरुषसँगै १ सय १४ जनामा संक्रमण देखिएको थियो ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ७ : २८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११