३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बहराइनका राजकुमारबाट ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण



काठमाडौं ।  बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मलास्लु हिमालको सफल आरोहण गरेका छन् ।

राजकुमाल खलिफाको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेको सभेन समिट ट्रेक्स प्रालीले ट्वीट गरेर जनाएको छ ।

सेभेट समिटका अनुसार आरोहण दलमा गाइडसहित ५० जना भन्दा बढी सहभागी रहेका छन् ।

https://twitter.com/sst8848/status/1316565300695851008

बुधबार मनास्लु आधार शिविर पुगेको सो टोलीले आज बिहान सफल मनास्लु आरोहण गरेको हो । यसअघि गत अक्टोबर ३ तारिखमा राजकुमारको टोलीले सोलुखुम्बुको लोबुचे हिमालको पनि आरोहण गरेको थियो ।

नेपालको हिमाल आरोहण गर्न आएका बहराइनका राजकुमारको टोली दुई महिने हिमाल आरोहण यात्रामा यतिबेला नेपालमा रहेको छ ।

राजकुमारले आगामी सिजनमा सहगरमाथा आरोहण गर्ने योजना बनाएका छन् । यसपटकको दुई हिमालको आरोहण सगरमाथा आरोहणको वार्मअपको रुपमा लिइएको छ ।

कोरोना भाइरसको महामारीले नराम्रोसँग प्रभावित भएको नेपालको पर्यटन प्रवद्र्धनका लागि राजकुमारको सफल हिमाल आरोहणको सफल मार्केटिङ सञ्जीविनी बुटी बन्न सक्ने देखिन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  १२ : १७ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड