४ पुस २०८२, शुक्रबार | December 19, 2025

बहराइनका राजकुमारबाट ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण



काठमाडौं ।  बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मलास्लु हिमालको सफल आरोहण गरेका छन् ।

राजकुमाल खलिफाको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेको सभेन समिट ट्रेक्स प्रालीले ट्वीट गरेर जनाएको छ ।

सेभेट समिटका अनुसार आरोहण दलमा गाइडसहित ५० जना भन्दा बढी सहभागी रहेका छन् ।

https://twitter.com/sst8848/status/1316565300695851008

बुधबार मनास्लु आधार शिविर पुगेको सो टोलीले आज बिहान सफल मनास्लु आरोहण गरेको हो । यसअघि गत अक्टोबर ३ तारिखमा राजकुमारको टोलीले सोलुखुम्बुको लोबुचे हिमालको पनि आरोहण गरेको थियो ।

नेपालको हिमाल आरोहण गर्न आएका बहराइनका राजकुमारको टोली दुई महिने हिमाल आरोहण यात्रामा यतिबेला नेपालमा रहेको छ ।

राजकुमारले आगामी सिजनमा सहगरमाथा आरोहण गर्ने योजना बनाएका छन् । यसपटकको दुई हिमालको आरोहण सगरमाथा आरोहणको वार्मअपको रुपमा लिइएको छ ।

कोरोना भाइरसको महामारीले नराम्रोसँग प्रभावित भएको नेपालको पर्यटन प्रवद्र्धनका लागि राजकुमारको सफल हिमाल आरोहणको सफल मार्केटिङ सञ्जीविनी बुटी बन्न सक्ने देखिन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  १२ : १७ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज