१० चैत्र २०८१, आइतबार | March 24, 2025

बिहीबार थपिए ३ हजार ७४९ नयाँ संक्रमित, ३ हजार ५६४ डिस्चार्ज



काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीको कहर नेपालमा निरन्तर जारी छ । भाइरसका संक्रमितको संख्या बढिरहेको छ ।

सक्रिय संक्रमित बढ्दै जाँदा उनीहरुको व्यवस्थापनमा गम्भीर संकट उत्पन्न हुँदै गएको छ ।

बिहीबार कोरोना भाइरसका ३ हजार ७४९ जना नयाँ संक्रमित थपिएका छन् ।

१६ हजार ५९८ पीसीआर परीक्षण गर्दा ३ हजार ७४९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै, देशभर अहिलेसम्म कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

देशभर बिहीबार सक्रिय संक्रमितको संखया ३६ जार ५३३ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ३३९ रहेको छ । होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् ।

देशभर संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या बिहीबार ३ हजार ५६४ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संखया ८४ हजार ५१८ पुगेको छ । यो कुल संक्रमितको ६९.४ प्रतिशत रहेको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ४ : २७ बजे

नेपाल र चीनका पर्यटन व्यवसायीबीच ‘व्यवसायिक साझेदारी बैठक’

सिचुवान । पोखरा र चीनको सिचुवान प्रान्तको छोङछिङ नगरका पर्यटन

स्थानीयतहको विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन पत्रकार महासंघकको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले स्थानीय विज्ञापन स्थानीय

डाँफे कप फुटबल : भिलेज होप डुडुवा विजयी

खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ रहने कांग्रेस कार्यसम्पादन समितिको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले नेपालको संविधान र संविधानमा आधारित सङ्घीय