१० श्रावण २०८३, आइतबार | July 26, 2026

शुक्रबार थपिए ४ हजार ३९२ नयाँ संक्रमित, ३ हजार ५२२ संक्रमणमुक्त



काठमाडौं । शुक्रबार कोरोना भाइरसका ४ हजार ३९२ जना नयाँ संक्रमित थपिएका छन् ।

१६ हजार ५३१पीसीआर परीक्षण गर्दा ४ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १३५ पुगेको छ ।

आज देशभर ३७ हजार ३८२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा भन्दा होम आइसोलेसनमा बस्नेहरु निकै धेरै रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना संक्रमण मुक्त भएका छन् । यसरी संक्रमण मुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको निधन भएको छ। यससँगै नेपालमा संक्रमणका कारण निधन हुनेको संख्या ७ सय १५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ४ : २८ बजे

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ

दाङको राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

कपिलवस्तुमा बस-मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडक खण्डमा बस