४ पुस २०८२, शुक्रबार | December 20, 2025

शुक्रबार थपिए ४ हजार ३९२ नयाँ संक्रमित, ३ हजार ५२२ संक्रमणमुक्त



काठमाडौं । शुक्रबार कोरोना भाइरसका ४ हजार ३९२ जना नयाँ संक्रमित थपिएका छन् ।

१६ हजार ५३१पीसीआर परीक्षण गर्दा ४ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १३५ पुगेको छ ।

आज देशभर ३७ हजार ३८२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा भन्दा होम आइसोलेसनमा बस्नेहरु निकै धेरै रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना संक्रमण मुक्त भएका छन् । यसरी संक्रमण मुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको निधन भएको छ। यससँगै नेपालमा संक्रमणका कारण निधन हुनेको संख्या ७ सय १५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ४ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको