१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

स्याङ्जा जिल्लामा प्रवेशका लागी पिसिआर रिपोर्ट अनिवार्य



स्याङ्जा । आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड-१९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए । उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा गएराति १२ बजेदेखि लागू हुने गरी उक्त नियम अनिवार्य गरिएको हो ।

‘जिल्ला प्रवेश गर्दा अनिवार्यरुपमा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट ल्याउनुपर्छ, नल्याएका तोकिएको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ’, प्रजिअ बस्नेतले भने ।

जिल्लास्थित सर्वदलीय बैठकले चाडपर्व नजिकिँदै गरेको अवस्थामा नागरिकको आवागमन स्वभावतः बढ्ने भएकाले जोखिम बढ्ने भन्दै जिल्लामा कडाई गर्ने निर्णय गरेको प्रजिअ बस्नेतले बताए । स्याङ्जा जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० को दफा ३ र ४ बमोजिम अधिकार प्रयोग गरी आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, सभा समारोह भेला तथा भिडभाड नगर्न नगराउन, स्वास्थ्यसम्बन्धी आवश्यक सम्पूर्ण सावधानीहरु अपनाउन आग्रह गरेको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस स्याङ्जाले संयुक्त विज्ञप्ति निकालेर जिल्लामा सभा, सम्मेलन, भेला तथा औपचारिक कार्यक्रम नगर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ७ : ३२ बजे

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर