२९ माघ २०८१, मंगलबार | February 12, 2025

कोरोना संक्रमणका बावजुद बैंकहरुमा भिडभाड



काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमका बाबजुद पनि बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुईंचो बढेको छ ।

बैंकहरुले सबै शाखाकार्यालयहरु मार्फत सेवा दिएपनि पैसा राख्ने र झिक्नेहरुको संख्या बढेकाले भिडभाड बढेको देखिन्छ । दशैं नजिकिदै गर्दा पैसा झिक्नेहरुको संख्या बढेकोलेपनि भिड बढेको देखिएको छ ।

कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरुको लाइन सडक सम्मै आएको देखिएको छ । कतिपय बैंकहरुमा कोभिड संक्रमणको कारण पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएकाले भिडभाड बढेको बैंकर्सहरु बताउँछन् ।

बैंकहरुले डिजिटल बैंकिङ मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाएपनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्नका लागि बैंक सम्म पुग्नै पर्ने बाध्यता रहेको छ ।

यस्तै संक्रमण बढ्दै गएको अवस्थामा फेरीपनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरु पैसाको जोहो गर्न बैंकसम्म पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ३ : ४७ बजे

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ

नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर