१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सबै अस्पताल र मेडिकल कलेजमा ५० प्रतिशत कोभिड बेड छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताल र मेडिकल कलेजहरुलाई कम्तिमा ५० प्रतिशत बेड कोभिड उपचारका लागि अनिवार्य छुट्याउन निर्देशन दिएको छ ।

कोरोना भाइरसका सक्रिय संक्रमितहरु दिनदिनै बढ्दै गएपछि व्यवस्थापनमा प्रेसर परेपछि मन्त्रालयले सबै अस्पताल र मेडिकल कलेजहरुलाई ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले निर्णय बारे जानकारी दिँदै भने, ‘सबै सरकारी, सामुदायिक, निजी अस्पतालहरु एवं मेडिकल कलेजहरुले आईसीयूसहितको कम्तिमा ५० प्रतिशत बेड कोभिड उपचारका लागि छुट्याउन निर्देशन दिने निर्णय भएको छ ।’

यसअघि मन्त्रालयले २० प्रतिशत बेड मात्र छुट्याउन निर्देशन दिएको थियो । मन्त्रायलयको सो निर्देशनलाई निजी अस्पतालहरुले अव्यववहारिक भएको टिप्पणी गरेका थिए ।

जतासुकै कोरोना भाइरसका मात्रै बिरामी बढ्न थालेपछि मन्त्रालय बेड संख्या थप्न निर्देशन दिने अवस्थामा पुगेको छ ।

यसैगरी मन्त्रालयको बैठकले कोरोनाको परीक्षण र उपचार सरकारले नगर्ने पनि निर्णय गरेको छ । सरकारले गर्ने उपचार अब आर्थिक रुपले अति विपन्न, असाहय एकल महिला, अति अपांगता, जेष्ठ नागरिक, सरसफाईकर्मी , सुरक्षाकर्मी र अग्रपंक्तिमा खटिने कर्मचारीमा मात्रै सीमित हुने भएको छ ।

उनीहरुले कोरोना बिमा गरेका छन् भने सोही बिमा बाटै परीक्षण र उपचार खर्च गरिने निर्णय भएको पनि डा. गौतमले जनाकारी दिए । अन्यको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरिएको प्रवक्ता गौतमले बताए । गत असोज १९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार यो निर्णय गरिएको पनि गौतमले बताए ।

सर्वोच्च अदालतले भने केही दिन अघि सबै नागरिकलाई निःशुल्क पीसीआर परीक्षण गर्न आदेश दिएको थियो । मन्त्रालयको यो निर्णय सर्वोच्चको आदेशको विपरित देखिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ४ : ५० बजे

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक