४ पुस २०८२, शुक्रबार | December 20, 2025

सबै अस्पताल र मेडिकल कलेजमा ५० प्रतिशत कोभिड बेड छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताल र मेडिकल कलेजहरुलाई कम्तिमा ५० प्रतिशत बेड कोभिड उपचारका लागि अनिवार्य छुट्याउन निर्देशन दिएको छ ।

कोरोना भाइरसका सक्रिय संक्रमितहरु दिनदिनै बढ्दै गएपछि व्यवस्थापनमा प्रेसर परेपछि मन्त्रालयले सबै अस्पताल र मेडिकल कलेजहरुलाई ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले निर्णय बारे जानकारी दिँदै भने, ‘सबै सरकारी, सामुदायिक, निजी अस्पतालहरु एवं मेडिकल कलेजहरुले आईसीयूसहितको कम्तिमा ५० प्रतिशत बेड कोभिड उपचारका लागि छुट्याउन निर्देशन दिने निर्णय भएको छ ।’

यसअघि मन्त्रालयले २० प्रतिशत बेड मात्र छुट्याउन निर्देशन दिएको थियो । मन्त्रायलयको सो निर्देशनलाई निजी अस्पतालहरुले अव्यववहारिक भएको टिप्पणी गरेका थिए ।

जतासुकै कोरोना भाइरसका मात्रै बिरामी बढ्न थालेपछि मन्त्रालय बेड संख्या थप्न निर्देशन दिने अवस्थामा पुगेको छ ।

यसैगरी मन्त्रालयको बैठकले कोरोनाको परीक्षण र उपचार सरकारले नगर्ने पनि निर्णय गरेको छ । सरकारले गर्ने उपचार अब आर्थिक रुपले अति विपन्न, असाहय एकल महिला, अति अपांगता, जेष्ठ नागरिक, सरसफाईकर्मी , सुरक्षाकर्मी र अग्रपंक्तिमा खटिने कर्मचारीमा मात्रै सीमित हुने भएको छ ।

उनीहरुले कोरोना बिमा गरेका छन् भने सोही बिमा बाटै परीक्षण र उपचार खर्च गरिने निर्णय भएको पनि डा. गौतमले जनाकारी दिए । अन्यको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरिएको प्रवक्ता गौतमले बताए । गत असोज १९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार यो निर्णय गरिएको पनि गौतमले बताए ।

सर्वोच्च अदालतले भने केही दिन अघि सबै नागरिकलाई निःशुल्क पीसीआर परीक्षण गर्न आदेश दिएको थियो । मन्त्रालयको यो निर्णय सर्वोच्चको आदेशको विपरित देखिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ४ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको