३ पुस २०८२, बिहिबार | December 19, 2025

आज बडादशैँको तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरिंदै



काठमाडौं । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरि मनाइँदैछ ।

देवी दु­र्गा, आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले विख्यात छिन् । वहाँको मस्तकमा घण्टीको आकर जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो ।

उनको शारीरिक वर्ण स्वर्णको जस्तै छ, दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरवार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गरेकी साथै वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवीको चन्द्रघण्टाको वाहन बाघ हो । चन्द्रघण्टा नाना प्रकारको रत्न जड़ित आभूषण धारण गर्ने र सर्वदा युद्धको लागि तत्पर छिन् ।

देवी चन्द्रघण्टाको घन्टको ध्वनिबाट भूत-प्रेत बाधा भागेर जानेछन् र अत्याचारी दानव तथा दैत्य प्रकम्पित रहन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । शत्रु तथा दुष्टको दमन गर्नको निमित्त देवी सदा सर्वदा तत्पर रहेपनि वहाँको स्वरूप भने सौम्य तथा शान्तिदायक नै छ ।

उनको प्रसिद्धि सौम्यता या सौम्य स्वभावको साथै वीरता निर्भीकता तथा युद्ध कौशलको लागि रहेको छ । परिणामस्वरूप वहाँका साधकपनि वीर तथा सौम्य स्वभाव वाला नै हुनेछन् । चन्द्रघण्टाको उपासक सिंह या बाघको जस्तै पराक्रमी तथा निर्भीक हुन्छन्, साथै सदगुणता, वीरता तथा विनम्रताको विकास हुन्छ तथा शरीरमा कान्ति र गुणको वृद्धि हुनेछ ।

आफ्नो दिव्य ध्वनिबाट भूत-प्रेत बाधाहरू हटाउनुका साथै देवी चन्द्रघण्टाको कृपाले भक्तको सबै प्रकारको पाप तथा बाधाहररू हटाई आफ्नो भक्तका दुःख, कष्टको निवारण देवीले शीघ्र नै गरिदिनुहुन्छ भन्ने जनविश्वास रहेको छ । देवीका भक्त जहाँ जहाँ पुग्छन् त्यहाँ आफ्नो दिव्य अलौकिक छठाको कारण त्यहाँ उपस्थित सबै सुख तथा शान्तिको अनुभव गर्दछन् ।

नवरात्रको तेस्रोदिन अर्थात् आश्विन शुल्क तृतीयाको दिन यिनै चन्द्रघण्टाको ध्यान, उपासना, पाठ एवं आराधना गरिन्छ । चन्द्रघण्टाको आराधना गर्नाले सबैप्रकारको दुःख, कष्ट नाशहुने र सबैप्रकारको बाधा हट्ने जनविश्वास छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् ।

चन्द्रघण्टालाई विशेषगरि दुधको परिकार प्रिय छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले क्यगलम अर्थात् सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : ५७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको