१५ बैशाख २०८१, शनिबार | April 27, 2024

ल्याण्डमार्क होटलको सेवामा ग्लोबल आइएमई बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट



काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा कर्मचारीले ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पामा विशेष छुट सविधा पाउने भएका छन् ।

ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.बीच बैंकका ग्राहक तथा कर्मचारीहरुले सो होटल, रिसोर्ट एव्म स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन प्रमूख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.काउपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात काठमाडौं, पोखरा तथा चितवनमा रहेका ल्याण्डमार्क होटल रिसोर्टले उपलब्ध गराउने सेवामा बैंकका ग्राहक एवं कर्मचारीले विशेष छुट सुविधा पाउनेछन् । होटलबाट उपलब्ध सेवा तथा सुविधाहरुमा बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ्ग, इ–बैंकिङ्ग तथा क्यूआर कोड प्रणालीद्वारा भुक्तानी गर्दा बैैंकका ग्राहक तथा कर्मचारीहरुले छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी सहुलियत छुट योजनाहरु ल्याउने गरेको छ ।

७१ जिल्लामा ग्लोबल आइएमई बैंकको २५९ शाखा सञ्जाल रहेको छ । यसैगरी शाखाबाहेक २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२७ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फतआफ्ना २० लाख भन्दा बढि ग्राहकमाझ बैंकले सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : ४३ बजे

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा