२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

नेकपाका सबै सांसदको दशैं भत्ता कोरोना कोषमा जम्मा हुने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सांसदहरुको दशैं भत्ता फिर्ता गर्ने भएपछि दबाबमा परेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि भत्ता फिर्ता गर्ने भएको छ ।

संस्थागत रुपमै भत्ता फिर्ताको निर्णय आज साँझसम्म हुने नेकपा राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले जानकारी दिएका छन् ।

‘दशैं भत्ताबापत प्राप्त हुने १ महिनाको बराबरको रकम सरकारको कोरोना कोषमा जम्मा गर्ने तयारी भएको छ । यसबारे संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भैसकेको छ’, शर्माले खबरकुरालाई बताए । भत्ता फिर्ता गर्ने विषयमा आजै बिहान संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङ, राष्ट्रिय सभा दल नेता शर्माबीच छलफल भएको थियो ।

नेकपाका केही सांसदहरुले आइतबार नै व्यक्तिगत रुपमा सामाजिक सञ्जाल मार्फत भत्ता फिर्ता गरेको जानकारी गराएका थिए । संघीय संसदका दुवै सदनमा गरी नेकपाका २२० जना सांसदहरु रहेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ३ : ४९ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात