१७ बैशाख २०८२, बुधबार | April 30, 2025

‘कर्तव्यच्युत सरकार’लाई सच्चिन बाध्य बनाउन संसद बैठक आवश्यक : गगन थापा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले सरकारले गरेका गलत क्रियाकलाप विरुद्ध संसद बैठक आह्वान गर्नुपर्ने बताएका छन् ।

नेता थापाले आफ्नै पार्टी सभापति शेरबहादुर देउवालाई मेन्सन गरी आज गरेको ट्वीटमा सरकार कर्तव्यच्युत बन्दै गएको भन्दै सच्चिन पर्ने बाध्य बनाउन संसद बैठक बोलाउनुपर्ने जिकिर गरेका छन् ।

थापाले संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता ल्याउनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन।संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन।संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ’ ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ११ : २१ बजे

शिक्षा मन्त्रालयमा शिक्षक र सरकारबीच वार्ता

काठमाडौं। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता भैरहेको छ ।

रेशम चौधरी डिल्लीबजार कारागार चलान

काठमाडौं । पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ, एकता सभा स्थगित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ पर्नुभएको

‘गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन’

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

लुम्बिनी मन्त्रिपरिषद् बैठक, स्थानीय तहमा बाँडफाँड हुने सवारी साधन करको अनुमानित सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सचिवहरुको जिम्मेवारी तोक्ने