४ पुस २०८२, शुक्रबार | December 20, 2025

बागलुङको कुश्मीशेरामा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना



बागलुङ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं.–१ स्थित शेराबजारमा शाखा कार्यालय शेराबजार सञ्चालनमा ल्याएको छ ।

जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले बैंकको २४२ औं शाखा कार्यालयको सोमबार उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा जैमिनी नगरपालीका नगर प्रमुख ईन्द्रराज पौडेलले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी नगरवासीलाई बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै नगरपालिकाले सहयोग गर्ने बताए ।

बैक शाखा कार्यालय शेराबजारका शाखा प्रबन्धक लोकप्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जैमिनी नगरपालिकाकी उपप्रमुख लिला राना, नगर पदाधिकारीहरु, स्थानीय उद्योगी व्यवसायी, कर्मचारी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ३ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको