२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेकपाभित्र कर्णाली कहर : विवादबारे ओली र प्रचण्डतर्फबाट विरोधाभाष विज्ञप्ति



काठमाडौं । कर्णाली प्रदेश सरकारविरुद्ध पार्टीकै सांसदहरुबाट अविश्वासको प्रस्ताव दर्ता गरिएपछि चुलिएको नेकपाको कर्णाली विवाद उत्कर्षमा पुगेको छ ।

विवाद मिलाउन भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका मुख्यमन्त्री, बागी यामलाल कँडेलसहितका नेताहरु काठमाडौं बोलाइए पनि बालुवाटार र खुमलटारले विवाद त मिलाउन सकेनन झन विवादास्पद र विरोधाभाष अभिव्यक्ति सार्वजनिक गरेर अन्यौल उत्पन्न गराएका छन ।

कर्णाली विवाद समाधानबारे अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापा र अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले मंगलबार साँझ विरोधाभाष विज्ञप्ति जारी गरेका छन् ।

ओलीका प्रेससल्लाहकार थापाले जसमा कर्णालीको विवाद समाधानका लागि चार बुँदे सहमति भएको दाबी गरेका छन् ।

थापाले सहमति भएको भनेर विज्ञप्ति जारी गरेको केही समयभित्रै खुमलटारबाट सापकोटाले अर्को विज्ञप्ती जारी गर्दै कुनै सहमति कायम नभएको जिकिर गरेका छन् ।

थापाले कर्णालीको मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही नै कायम रहने, प्रमुख सचेतकमा कँडेल पक्षका गुलावजंग शाह नै रहने र नेकपा प्रदेश सभा संसदीय दलका नेता शाहीले प्रमुख सचेतक नियुक्त गरेकी सीता नेपालीलाई सचेतकमा कायम गरेर विवाद पूर्वको अवस्था कायम राख्ने सहमति भएको जनाएका छन् ।

तर, प्रचण्डका प्रेस संयोजक सापकोटाले जारी गरेको विज्ञप्तिमा अविश्वासको प्रस्ताव खारेज गर्ने र बाँकी विषय प्रदेशसभा तथा पार्टीको प्रदेश कमिटीले तय गर्ने विषयमा छलफल भएको तर कुनै सहमति नभएको जनाइएको छ ।

 

थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ :

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु –

१. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।

२. प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।

३. मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने । र,

४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।

यसबारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकोजस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु ।

सूर्य थापा, प्रेस सल्लाहकार

४ कात्तिक २०७७

 

तर, सापकोटाले आफ्नो विज्ञप्तिमा लेखेका छन् :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।

उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।

बिष्णुप्रसाद सापकोटा ‘जुगल’
प्रेस संयोजक
अध्यक्ष प्रचण्डका निजी सचिवालय

 

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : ४३ बजे

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ