६ जेष्ठ २०८२, मंगलबार | May 21, 2025

पुनर्निर्माण गरिएका रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन



काठमाडौं । भुकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन हुनेभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजे विशेष कार्यक्रमका साथ रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

यसका लागि सबै तयारी पुरा गरिसकिएको छ । १८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर २०७२ माघ २ गते राष्ट्रपतिद्वारा रानीपोखरीको पुनर्निर्माणको शिलन्यास भएको थियो ।तर, निर्माणसम्बन्धी अनेकौं विवादका कारण पुनर्निर्माणले गति लिन सकेको थिएन ।

सम्पदाविज्ञहरुको दबावपछि रानीपोखरीलाई पुरातात्विक मान्यताका आधारमा पुनर्निर्माण गरिएको छ भने बीचमा रहेको बालगोपालेश्वर मन्दिरलाई पनि मल्लकालिन ग्रन्थकुट शैलीमा बनाइएएको छ । भुकम्पअघि युरोपियन गुम्बज शैलीमा मन्दिर रहेको थियो ।

रानीपोखरी पुनर्निर्माण हालै मात्र पुरा भएको छ । दरबार हाइस्कुल भने चीन सरकारको सहयोगमा गत वर्ष नै पुनर्निर्माण भएको थियो ।

दुवै ऐतिहासिक सम्पदा विगतमा भन्दा पनि भव्य रुपले पुनर्जीवित भएका छन् । उद्घाटनअघि रानीपोखरीलाई झकिझकाउ बनाइएको छ । रंगरोगन गरेर विशेष बत्ती जडान गरिएको रानीपोखरीको दृश्य रातिमा अझ मनमोहक र लोभलाग्दो देखिएको छ ।

रानीपोखरीको वरिपरि सुन्दर बगैंचा निर्माण गरिएको छ । अब रानीपोखरी सबैका लागि खुला गरिने छ । यसअघि वर्षको एकपटक भाइटीकाको दिनमा मात्र रानीपोखरी र बालगोपालेश्वर मन्दिर खुला हुने गथ्र्यो । बगैंचा र पोखरीको सुरक्षाका लागि सुरक्षाकर्मीहरु खटाइनेभएका छन् ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ८ : ५१ बजे

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड

रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्व पौडेल गभर्नरमा नियुक्त

काठमाडौं । सरकराले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक

विश्व पौडेल विरुद्ध रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं। सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा