१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पुनर्निर्माण गरिएका रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन



काठमाडौं । भुकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन हुनेभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजे विशेष कार्यक्रमका साथ रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

यसका लागि सबै तयारी पुरा गरिसकिएको छ । १८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर २०७२ माघ २ गते राष्ट्रपतिद्वारा रानीपोखरीको पुनर्निर्माणको शिलन्यास भएको थियो ।तर, निर्माणसम्बन्धी अनेकौं विवादका कारण पुनर्निर्माणले गति लिन सकेको थिएन ।

सम्पदाविज्ञहरुको दबावपछि रानीपोखरीलाई पुरातात्विक मान्यताका आधारमा पुनर्निर्माण गरिएको छ भने बीचमा रहेको बालगोपालेश्वर मन्दिरलाई पनि मल्लकालिन ग्रन्थकुट शैलीमा बनाइएएको छ । भुकम्पअघि युरोपियन गुम्बज शैलीमा मन्दिर रहेको थियो ।

रानीपोखरी पुनर्निर्माण हालै मात्र पुरा भएको छ । दरबार हाइस्कुल भने चीन सरकारको सहयोगमा गत वर्ष नै पुनर्निर्माण भएको थियो ।

दुवै ऐतिहासिक सम्पदा विगतमा भन्दा पनि भव्य रुपले पुनर्जीवित भएका छन् । उद्घाटनअघि रानीपोखरीलाई झकिझकाउ बनाइएको छ । रंगरोगन गरेर विशेष बत्ती जडान गरिएको रानीपोखरीको दृश्य रातिमा अझ मनमोहक र लोभलाग्दो देखिएको छ ।

रानीपोखरीको वरिपरि सुन्दर बगैंचा निर्माण गरिएको छ । अब रानीपोखरी सबैका लागि खुला गरिने छ । यसअघि वर्षको एकपटक भाइटीकाको दिनमा मात्र रानीपोखरी र बालगोपालेश्वर मन्दिर खुला हुने गथ्र्यो । बगैंचा र पोखरीको सुरक्षाका लागि सुरक्षाकर्मीहरु खटाइनेभएका छन् ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ८ : ५१ बजे

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा