२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

भोलिदेखि सबै विदेशी टेलिभिजन च्यानल प्रसारणमा क्लिन फिड



काठमाडौं । भोलि कार्तिक ७ गतेबाट नेपालमा क्लिन फिड लागु हुने पक्का भएको छ ।

मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता पार्वत गुरुङले बिहीबार भोलिदेखि क्लिन फिड प्रसारण हुने स्पष्ट पारेका हुन् ।

अब भोलिदेखि सबै विदेशी च्यानलमा कुनै पनि विज्ञापन देखिने छैनन् । मन्त्री गुरुङले क्लिनफिडको निर्णयलाई ‘ऐतिहासिक निर्णय’ भएको समेत बताए ।

यसैगरी नेपाली टेलिभिजनहरुमा पनि डविङ गरिएका विदेशी विज्ञापन प्रसारण नहुने गुरुङले बताए ।

क्लिनफिड प्रसारण लागु भए नभएको अनुगमन कार्तिक ८ गतेदेखि नै हुने प्रवक्ता गुरुङले जानकारी दिए । यससँगै विज्ञापन नीतिका बनाउन विज्ञापन बोर्ड गठन भैसकेको पनि मन्त्री गुरुङले बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ३ : ३९ बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो