१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

भोलिदेखि सबै विदेशी टेलिभिजन च्यानल प्रसारणमा क्लिन फिड



काठमाडौं । भोलि कार्तिक ७ गतेबाट नेपालमा क्लिन फिड लागु हुने पक्का भएको छ ।

मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता पार्वत गुरुङले बिहीबार भोलिदेखि क्लिन फिड प्रसारण हुने स्पष्ट पारेका हुन् ।

अब भोलिदेखि सबै विदेशी च्यानलमा कुनै पनि विज्ञापन देखिने छैनन् । मन्त्री गुरुङले क्लिनफिडको निर्णयलाई ‘ऐतिहासिक निर्णय’ भएको समेत बताए ।

यसैगरी नेपाली टेलिभिजनहरुमा पनि डविङ गरिएका विदेशी विज्ञापन प्रसारण नहुने गुरुङले बताए ।

क्लिनफिड प्रसारण लागु भए नभएको अनुगमन कार्तिक ८ गतेदेखि नै हुने प्रवक्ता गुरुङले जानकारी दिए । यससँगै विज्ञापन नीतिका बनाउन विज्ञापन बोर्ड गठन भैसकेको पनि मन्त्री गुरुङले बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ३ : ३९ बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने