२० बैशाख २०८१, बिहिबार | May 2, 2024

मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा ‘एलाइनमेन्ट’ विवाद



काठमाडौं । मध्यपहाडी (पुष्पलाल) लोकमार्गका विभिन्न खण्डमा रहेका ‘एलाइनमेन्ट’ को समस्या हटेको छैन । कतै अरु मन्त्रालयका योजना त कतै पहिले एकातिरबाट डिजाइन भए पनि स्थानीयवासीले अर्कातिर सडक लैजान मागे गरेपछि एलाइनमेन्टको समस्या हट्न नसकेको हो ।

राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजना र मध्यपहाडी लोकमार्ग खप्टने भएकाले कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ । आयोजना निर्माण भएपछि धादिङ र गोरखामा गरी झण्डै ७० किमी सडक डुबानमा पर्ने मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताए।

यसबाहेक लमजुङलगायतका जिल्लामा पनि सडकको ‘एलाइनमेन्ट’ परिवर्तन गर्नुपर्ने माग भएको छ । कतिपय स्थानमा आफ्नो घरबाट जानुपर्ने माग भएको त कतै सडकको अधिकार क्षेत्रका कारण पछि घर भत्कने भन्दै अर्कातिरबाट लैजान माग भइरहेको छ । उनले भने, “यी स्थानमा पनि योजना कार्यालयहरुले आवश्यक समन्वय गरिरहेका छन् ।”

आयोजना निर्माण सम्पन्न गर्न तोकिएको अवधि झण्डै तीन वर्ष बाँकी हुँदा अझै कतिपय स्थानमा ‘एलाइनमेन्ट’ परिवर्तनको माग भएको छ । त्यस्ता समस्या भएका स्थानमा बाहेक अन्यत्र तोकिएको अवधिमा आयोजना सम्पन्न हुने प्रमुख केसीले बताए । कतिपय स्थानमा मध्यपहाडी लोकमार्गकै स्तरमा नसकिए पनि सडक निर्माण गरिसकिने उनको जिकिर छ । उनले भने, “आव २०७९/८० सम्ममा पूरै सडक मोटर गुड्ने हुनेछ ।”

राष्ट्रिय यातायात नीति, २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा नेपालको मध्यपहाड हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएको थियो । सोहीबमोजिम सरकारले मध्यपहाडी राजमार्ग नामकरण गरी आव २०६४/६५ बाट आयोजना शुरु गरेको हो ।

मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडमा बसोबास गर्ने करीब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ । आयोजनाको शुरु विन्दु पाँचथर जिल्लाको चियोभञ्ज्याङ हो भने अन्तिम विन्दु बैतडीको झुलाघाट रहेको छ ।

सरकारले आव २०६९र७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ अघि बढाएको छ । यस राजमार्र्गको कुल लम्बाइमध्ये करीब एक हजार किमी आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालनमा रहेको पुरानो सडक रहेको छ ।

झण्डै ८७९ किमी नयाँ सडक निर्माण गर्ने कार्यका साथै आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ । -रासस

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ९ : ३८ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य