२३ चैत्र २०८२, सोमबार | April 7, 2026

कारोेना संक्रमित थपिनेमा रुपन्देही अघिअघि बाँके पछिपछि, रुपन्देहीमा १३७ थपिँदा बाँकेमा ४४



नेपालगन्ज । लुम्बिनी प्रदेशमा नयाँ कारोना संक्रमित थपिनेमा शुक्रबार पनि रुपन्देही र बाँकेको अगुवाई कायम रहेको छ । शुक्रबार रुपन्देहीमा १३७ जना नयाँ कोरोना संक्रमित थपिँदा बाँकेमा ४४ जना संक्रमित थपिएका छन् ।

दुबै जिल्लाका स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीमा ४७ महिला र ९० पुरुषमा संक्रमण पुष्टि भएको छ भने बाँकेमा १५ महिला र २९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा बुटवलमा ४३ जना, तिलोत्तमामा ३५ जना तथा सिद्धार्थनगरमा २६ जना नयाँ संक्रमति थपिएका छन् । त्यसैगरि देवदहमा १४ जना, सिद्धाधनमा ७ जना, सैनामैना र रोहिणीमा ४।४ जना, सियारीमा ३ जना र मायादेबीमा २ जनामा शुक्रबार संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा शुक्रबार थपिएसँगै कुल संक्रमितको संख्या ५५६७ पुगेको छ । जिल्लामा ६१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

यता बाँकेमा भेरी अस्पताल ल्यावबाट २४ जना नेपालगन्ज मेडिकल कलेज ल्यावबाट १९ जना र बागेश्वरी ल्यावबाट १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेमा शुक्रबार सम्ममा २९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा अन्य जिल्लाबाट उपचारका लागि आएका थप १६ जना संक्रमितको पनि ज्यान गईसकेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ९ : २९ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै