४ पुस २०८२, शुक्रबार | December 20, 2025

ओत लाग्न पुलमुनि बस्छन् ‘सुकुम्बासी’



कञ्‍चनपुर । कञ्‍चनपुरको शुक्लाफाटा नगरपालिका-११ का दलहबहादुर बोहरा पुर्व-पश्चिम राजमार्गको बनहरा पुल छेउको बस्तीमा बसोबास गरिरहेका छन् ।

आफूसित सम्पतिका नाममा परिवार मात्रै भएपछि टहरा बनाएर राजमार्ग छेउमा सुकुम्बासी जीवन बिताइरहेका बोहरा स्थायी बसोबास नुहँदा निकै सास्ती झेल्नु परेको दुखेसो पोखे । २०६२ सालदेखि टहरामा बस्दै आएका बोहराले हिउँदमा भने बनहरा पुलमुनि बास बसिरहेका छन् ।

“सुकुम्बासी बस्ती त नामको मात्रै हो”, उनले भने, “वर्षातमा बाढीको डर हुन्छ, अरु समय हाम्रो बास पुल मुनि नै हुन्छ ।”

मुलुकको व्यवस्था परिर्वतन भएर गाउँ गाउँमा सिंहदरबार आएपनि आफूहरु ओत लाग्न पुल मुनि बास बस्नु परेको उनले बताए । “ राजमार्गमा दैनिक झण्डावाल गाडीहरु गुडिरहेको देख्छौं”, उनले भने, “ ती गाडीभित्रका ठुलाबडाहरु हामीलाई देखे नदेखे झै गर्छन ।”

विगतमा मजदूरी गरेर जिविका चलाउने गरेका सुकुम्बासीहरु कोरोना कहरपछि मजदुर पाउन गाह्रो भएपछि परिवारको खर्च टार्न मुश्किल परिरहेको दुखेसो पोख्छन् । “कोरोना आएपछि त पेट पाल्न पनि धौ धौ हुने स्थिति आयो”,उनले भने, “विपन्नका नाममा राहत बाडिएको सुनियो तर हाम्रो बस्तीमा पुगेन ।”

उक्त सुकुम्बासी बस्तीमा २६ परिवारको बसोबास रहेको छ । सोह्र बर्षदेखि सुकुम्बासी बस्तीमा आफूहरु बसोबास गरिरहेको भएपनि अझै पुर्नस्थापनाको कुनै सुरसार कहिँबाट नरहेको उनीहरुको गुनासो छ ।

“बस्तीमा जंगली हात्ती आएर भएको अन्नपात समेत नष्ट गरेर जान्छ, तर स्थानीय निकायबाट कुनै सहयोग मिल्दैन”, बोहराले भने, “बस्ती पुर्नस्थापनाका लागि धेरै पटक सरोकारवाला निकाय गुहार गरेपनि सुनुवाइ भएन ।”

त्यसैगरी बस्तीकी कलमती दमाइले पनि सुरक्षित बसोबास होला भन्ने आशमा वर्षै बितिसकेको बताइन् । “सुरक्षित आवास नहुँदा पुल मुनि रात काट्नु पर्ने बाध्यता भएको छ”, उनले भने, “परिवार ठूलो हुँदा व्यवस्थापन झन् कठिन भयो ।” सुकुम्बासी बस्तीमा रहेका विद्यालय समेत जाँदैनन् । बस्तीका बालबालिकाहरु पनि बसोबास उचित नहुँदा जोखिममा रहेको कलावतीको भनाइ छ ।

बस्तीको पूर्वतर्फ कृष्णपुर नगरपालिका पर्छ । स्थानीय मथुरादेवी सार्कीले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिँदै आए पनि बस्तीका हकमा भने लागु नभएको बताइन् ।

आर्थिक अवस्था कमजोर भएका कारण पनि बस्तीका बालबालिकाहरुले पढ्न सक्ने अवस्था छैन । “सुकुम्बासीका नाममा धेरै नेता भए, धेरैले आफ्नो अवस्था सुधार गरेपनि वास्तविक सुकुम्बासी अझै समस्यामै छन्”, उनले भनिन्, “ बस्तीका धेरै बालबालिकाहरुले अझै विद्यालय देख्न पाएका छैनन् ।” रासस

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको