३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

नेपालगन्जमा खुल्यो नेपालमै पहिलो माटोको भाँडाकुँडाका आधुनिक शोरुम



नेपालगन्ज । माटोका भाँडाकुँडाहरुका पसल सडक किनारमा यत्रतत्र राखिएपनि पसलमै सजाएर भने राख्ने गरेको पाईँदैन, तर नेपालगन्जमा भने पहिलो पटक माटाका भाँडाका अत्याधुतिक शोरुम खुलेको छ । नेपालगन्जका स्थानीय युवा कशिम सिद्धिकीले माटोबाट निर्माण भएका भाँडाहरुको पहिलो पसल हाउस अफ क्लेको शोरुम शुभारम्भ गरेका छन् ।

नेपालगन्जमा खुलेको अत्याधुनिक शोरुमको पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद मोहम्मद ईश्तियाक राई र नेपालगन्ज मेडिकल कलेजका एसोसिएट प्रोफेसर डा बिनोद कर्णले आईतबार संयुक्तरुपमा उद्घाटन गरे ।

५ प्रकारका प्रशोधित माटो प्रयोग गरि हातबाट निर्माण भएका कलात्मक भाँडाहरु शोरुममा राखिएका छन् । माटोको भाँडाहरुमा पकाईएका खानामा भएको पोषक तत्वहरू सतप्रतिशतनै संरक्षण हुने हुँदा स्वास्थ्यको लागि फाइदाजनक हुने पसलका प्रोप्राइटर काशिम सिद्धिकीले जानकारी दिए ।

नेपालमा माटोको भाँडाकाको यो नै पहिलो शोरुम भएको दाबी गरिएको छ । यस अघि नेपालगन्जको सडक किनारमा अब्यवस्थितरुपमा माटाका कच्चा भाँडाकुँडाबो बेचबिन हुँदै आएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ३ : ०१ बजे

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार

पत्रकारको नाममा सूचना माग्दै बार्गेनिङ गर्ने प्रवृत्ति पनि छ : प्रमुख सूचना आयुक्त आचार्य

हेटौडा । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद

अर्थमन्त्री पौडेल र पोखरा महानगर प्रमुख आचार्यलाई केही दिन अस्पताल राखिने, यस्तो छ अवस्था

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर