२२ माघ २०८२, बिहिबार | February 5, 2026

दशैंमा पनि गुल्जार नभएको बजार



बुटवल । नेपालीको बर्षकै ठुलो पर्वको रुपमा रहेको वडा दशैंको आज नवौं दिन । तर कोरोना महामारीको कारण यस पालि विगतका बर्षहरुमा जस्तो चहल पहल देखिएन । त्यसैपनि नवमीको दिनदेखि त बजारमा सधैंजसो चहलपहल कमै हुने गर्थ्यो, यसपाला त दशैं लागेदेखि नै बजारमा रौनतकता देखिएन ।

खासगरी बजारी क्षेत्रमा गत बर्षको तुलनामा ५० देखि ७० प्रतिशतसम्म व्यापारमा कमी आएको व्यापारीहरु बताउँछन । बजार विगतको वर्षहरुमा जस्तै पूर्णरुपमा सूचारु नभए पनि ‘केही भएपनि व्यापार हुने आशाले’ व्यापारीहरले यो बर्ष बजार खोलेका छन् । यद्यपी बजारमा सोँचेजस्तो व्यापार छैन । दैनिक हजारौ मानिसहरुले व्यापार गर्ने बुटवलको मुख्य बजार अमरपथ, गल्ला मण्डी लगायतका यस बुटवल–भैरहवाका सपिङ्ग मलहरुमा पनि यो पटक ग्राहकहरु छैनन ।

यो क्षेत्रकै पुरानो बुटवल उद्योग वाणिज्य संघले विगत लामो समयदेखि बुटवलमा लगाउँदै आएको दशैं सस्तो बजार यो पटक छैन । केही बर्ष पहिला बुटवलमा दशैं तिहार मेला समेत आयोजना भएको थियो । तर यो पटक बुटवल उद्योग वाणिज्य संघले दशैं सस्तो बजार स्थगन गरेको छ । कोरोना महामारी विस्तारै बढ्दै जाँदा जोखिम अत्याधिक बढेको कारण विगतका बर्षहरुमा जस्तो यो पटक दशैं बजार आयोजना गर्न नसकीएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल बताउँछन् ।

बजारमा कतिपय व्यापारीहरु पनि कोरोना संक्रमित भएका कारण व्यापार व्यवसाय नै ठप्प भएको बुटवल उद्योग बाणिज्य संघले जनाएको छ । अध्यक्ष खिम बहादुर हमाल भन्छन्–‘बजारमा झनै जोखिम छ, यो पटक दशैं बजार सञ्चालन गर्ने अवस्था छैन, भिडभाडले झनै जोखिम बढाउने गरेको छ । ’

उद्योग बाणिज्य संघका अध्यक्ष हमालका अनुसार खागरी पर्यटन क्षेत्र र यातायातात पुर्णरुपमा प्रभावित भएको छ । उनी भन्छन्–‘करोडौं, अर्बौ लगानी भएको होटल तथा यातायात क्षेत्र सोच्न नसकिने गरी नै प्रभावित भएको छ , जसको क्षतिको अनुमान गर्न समेत मुस्किल छ ।’
यसको साथै अहिले कच्चा पदार्थ आउन नसक्ने अवस्थाको कारण खाद्यान्नजन्य वस्तु उत्पादनमा समेत प्रभावित भएको अध्यक्ष हमालकाो भनाई छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले यो पटक बजारमा मानिसको आयशक्ती कम भएको कारण किन्ने भन्दा पनि हिँड्ने र सस्तो पाएमा किन्ने केही प्रवृत्ती रहेपनि विगतको वर्षमा जस्तो चहलपहल यो पटक नभएको उनको भनाइ छ । उनी भन्छन्–‘बजारमा गत बर्ष भन्दा यो बर्ष कमि नै छ, स्वभाविक नै हो, बजार शुन्य प्रायः छ । ’

रुपन्देही व्यापार संघका अध्यक्ष यम लाल लोहोनीले पनि बजारमा गत वर्षको भन्दा आधा बढि कमी आएको बताउँछन । उनले यो वर्ष व्यापारीहरुलाई कोरोनाको कारण आधा भन्दा बढि नोक्सानी व्यहोर्नुपरेको जानकारी दिए । बजार भनेको भिडभाड हुने मानिसहरुको चहल पहल हुने भएको कारण कोरोना जोखिम उत्तिकै रहेकोले विकल्प नभएर केही व्यवासायीहरुले बजार सञ्चालन गरेको उनको तर्क छ ।
व्यवसायीक संघ संस्थाले सरकारसँग कोरोनाको कारण व्यवसाय सहज रुपमा सञ्चालन गर्न नसक्ने अवस्था आएको कारण कर छुट, दर्ता तथा नविकरणमा छुटको माग गर्नुको साथै बैंक तथा वित्तीय संस्थाहरुले लगाउदै आएको व्याज र किस्तामा पनि छुटको काम गर्दै आएका छन् । यद्यपी यस विषयमा सरकारले ठोस निर्णय गर्न सकेको छैन । सरकारले केही समय पहिला सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यवसायीहरुले व्याजमा छुट लगायतका विषयमा केही सम्बोधन गरेको भएपनि तर पुर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले व्यवसायीरुको व्याज मिनाह, किस्तामा छुट लगायतका विषयमा सरकारसँग पटक पटक माग गरेको र अहिले पनि निरन्तर पहल जारी रहेको बताउँछन । तर केही ठुला व्यवसायीक घरनाहरुले मौद्रिक नीति अनुसार छुट पाए पनि ‘जसको पहुँच उसकै हाली मुहाली’ जस्तै भएको उनको भनाइ छ ।

खासगरी राहत साना र मझौला व्यवसायीहरुले पाउनुपर्नेमा उनीहरुको मागमा सम्वोधन नभएको र ठुल ठुला व्यवसायिक घरनाहरुले मात्रै हालीमुली गरेको कारण समस्या भएको व्यवसायीहरुको बुझाइ छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ३ : ५० बजे

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर