काठमाडौं । आज दशैंको महानवमीको दिन । कोरोना भाइरसका २ हजार ८५६ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार आज संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढी रहेको छ ।
१२ हजार ३११ पीसीआर परीक्षण गर्दा १ हजा ७८९ जना पुरुष र १ हजार ६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ३ हजार ३३६ जना संक्रमण मुक्त भएका छन् ।
जसका कारण आज सक्रिय संक्रमितको संख्या केही घटेको छ । आज ४५ हजार ५७२ जना सक्रिय संक्रमितहरु रहेका छन् । उनीहरु संस्थागत र होम आइसोलसनमा बसेका छन् ।
हालसम्म कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । यसैगरी निको भएर घर फर्किनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८४७ पुगेको छ । अझै पनि विभिन्न क्वारेन्टिन सेन्टरमा ३ हजार ६४ जना बसिरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया