५ पुस २०८२, शनिबार | December 20, 2025

महानवमीको दिन संक्रमित भन्दा निको हुने बढी; २,८५६ मा संक्रमण, संक्रमण मुक्त ३,३३६ जना



काठमाडौं । आज दशैंको महानवमीको दिन । कोरोना भाइरसका २ हजार ८५६ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार आज संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढी रहेको छ ।

१२ हजार ३११ पीसीआर परीक्षण गर्दा १ हजा ७८९ जना पुरुष र १ हजार ६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ३ हजार ३३६ जना संक्रमण मुक्त भएका छन् ।

जसका कारण आज सक्रिय संक्रमितको संख्या केही घटेको छ । आज ४५ हजार ५७२ जना सक्रिय संक्रमितहरु रहेका छन् । उनीहरु संस्थागत र होम आइसोलसनमा बसेका छन् ।

हालसम्म कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । यसैगरी निको भएर घर फर्किनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८४७ पुगेको छ । अझै पनि विभिन्न क्वारेन्टिन सेन्टरमा ३ हजार ६४ जना बसिरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ४ : १२ बजे

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश