४ पुस २०८२, शुक्रबार | December 19, 2025

अफगान सेनाको हवाई आक्रमणमा १३ बालबालिका मारिए



अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीका क्रममा यहाँका कम्तीमा पनि १३ जना बालबालिका मारिएको बताइएको छ ।

अफगानिस्तानको उत्तर पश्चिमी प्रान्त तखारमा भएको हमलामा परी ती बालबालिका मारिएका अफगानिस्तानको मानवअधिकार आयोगले जानकारी दिएको छ ।

उक्त आयोगले तखार क्षेत्रमा अफगानिस्तानको सरकारी सैन्य फौजले तालिबानीहरु रहेको सूचनाको आधारमा हवाई माध्यमबाट कारबाही गरेको थियो र त्यस कारबाहीमा पनि कैयौँ व्यक्ति मारिएका छन् ।

कारबाहीका क्रममा अरु पनि कैयौँ व्यक्ति घाइते भएका छन् । अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जालमी खालिजादले पनि सो जानकारी दिएका हुन् ।

तखार प्रान्तमा हिजो गत शुक्रबार कारबम हमला गरेर कैयौंँ निर्दोष गाउँलेको हत्या भएको थियो । उनीहरु त्यसपछि भागेका थिए ।

उनीहरुलाई कारबाहीका लागि खोज्ने क्रममा अफगानिस्तानको सरकारी सेनाले हवाई कारबाही गरेको थियो । त्यसै क्रममा बालबालिका मारिएका हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ५ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको