१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कोरोनाले दशैं भनेन, चितवनमा थप एक जना संक्रमितको मृत्यु



चितवन । उल्लासमय रुपमा दशैं मनाउनुपर्ने बिशेष दिनमा पनि कोरोना भाइरसका कारण भएको मृत्युको खबर आउन छोडेको छैन ।

कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररच भरतपुर महानगरपालिका वडा नं. १ निवासी ७७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यही कात्तिक २ गते होम आइसोलेसनमा बसेका ती वृद्धलाई स्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

कोभिड आईसीयू कक्षमा भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै कात्तिक १० गते राति १२ बजेर २९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

ती वृद्धलाई उच्च रक्तचाप, दम तथा मधुमेहको समस्या थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ८ : ३४ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध