३० माघ २०८१, बुधबार | February 12, 2025

वडादशैंका दिन थपिए १ हजार ७४१ नयाँ कोरोना संक्रमित, २४ घण्टामा १५ जनाको ज्यान गयो



काठमाडौं । नेपालमा वडा दशैंको दिनमा पनि थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भए छ।

सोमबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ७४१ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ।

मन्त्रालयले पछिल्लो २४ घन्टामा ४ हजार ५ जना कोरोना मुक्त भएरडिस्चार्ज गरिएको समेतजनाएको छ । सोमबार मुक्त भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ जना पुगेको छ।

२४ घण्टामा १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ७ : ५८ बजे

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं । नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ।

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको

‘नो केबलकार’ आन्दोलनकारीलाई फेरि वार्तामा आउन आह्वान

काठमाडौं । गृह मन्त्रालयले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङस्थित ‘नो केबलकार’ आन्दोलनरत्

अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ : मुख्यमन्त्री आचार्य

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य