१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङलाई कोरोना संक्रमण



नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई कारोना संक्रमण पुष्टि भएको छ । भौतिकरुपमा आफै कोरोना नियन्त्रणमा खटिने प्रमुख जिल्ला अधिकारीकारुपमा ख्याती कमाएका कुरुम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको उनी आफै सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजानिक गरेका छन् ।

बाँकेका कोरोना भाइरस अनियन्त्रितरुपमा फैलिएपछि स्थानीय राजनितिकदलहरुले सक्रिय प्रशासकको माग गरे अनुसार कुरुम्वाङलाई गृह मन्त्रालयले स्याङ्जाबाट बाँके सरुवा गरेको थियो । सरुवा भएर बाँके जानु अघि आफ्नो परिवारलाई काठमाडौं पठाएर बाँके हिंडेका उनले खबरकुरासँग कुरा गर्दै आफु सक्रिय हुन तयार भएर बाँके हिंडेको बताएका थिए ।

उनी बाँके आउँदा बाँकेको नरैनापुर अनियन्त्रितरुपमा कोरोना संक्रमणको चपेटामा रहेको थियो । त्यतीबेला देखि नै सैन्य शैलीमा कार्यक्षत्रमा खटिने प्रमुख जिल्ला अधिकारीकारुपमा कुरुम्वाङले चर्चा कमाएका थिए ।

उनले आफुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनउँदै लेखेका छन्, – ‘कोरोना विरुद्ध लडदा लडदै म आफै संक्रमित भएको छु । म संग सम्पर्कमा रहनु हुनेले बिशेष साबधानी अपनाउनु होला ।’

यस अघि बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुर्याललाई संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  २ : ३० बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से