४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङलाई कोरोना संक्रमण



नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई कारोना संक्रमण पुष्टि भएको छ । भौतिकरुपमा आफै कोरोना नियन्त्रणमा खटिने प्रमुख जिल्ला अधिकारीकारुपमा ख्याती कमाएका कुरुम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको उनी आफै सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजानिक गरेका छन् ।

बाँकेका कोरोना भाइरस अनियन्त्रितरुपमा फैलिएपछि स्थानीय राजनितिकदलहरुले सक्रिय प्रशासकको माग गरे अनुसार कुरुम्वाङलाई गृह मन्त्रालयले स्याङ्जाबाट बाँके सरुवा गरेको थियो । सरुवा भएर बाँके जानु अघि आफ्नो परिवारलाई काठमाडौं पठाएर बाँके हिंडेका उनले खबरकुरासँग कुरा गर्दै आफु सक्रिय हुन तयार भएर बाँके हिंडेको बताएका थिए ।

उनी बाँके आउँदा बाँकेको नरैनापुर अनियन्त्रितरुपमा कोरोना संक्रमणको चपेटामा रहेको थियो । त्यतीबेला देखि नै सैन्य शैलीमा कार्यक्षत्रमा खटिने प्रमुख जिल्ला अधिकारीकारुपमा कुरुम्वाङले चर्चा कमाएका थिए ।

उनले आफुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनउँदै लेखेका छन्, – ‘कोरोना विरुद्ध लडदा लडदै म आफै संक्रमित भएको छु । म संग सम्पर्कमा रहनु हुनेले बिशेष साबधानी अपनाउनु होला ।’

यस अघि बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुर्याललाई संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  २ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको