२१ मंसिर २०८२, आइतबार | December 7, 2025

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा



चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र आवश्यक भएपछि यहाँबाट पठाउन थालिएको हो ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार कोभिड– १९ सङ्क्रमण भई निको भएकाबाट यहाँ सङ्कलन भएका ७१ युनिट प्लाज्मामध्ये ११ युनिट बाहिरी जिल्ला पठाइएको छ । पौडेलका अनुसार भैरहवामा छ युनिट र काठमाडौँमा पाँच युनिट पठाइएको हो । अन्य जिल्लाबाट पनि माग हुन थालेको उनले जानकारी दिए ।

हाल केन्द्रमा ए पोजेटिभ ८, ओ पोजेटिभ १९, बि पोजेटिभ १२, एबी पोजेटिभ २ युनिट जगेडा रहेको छ । चार युनिट दातामा अन्य समस्या भएपछि प्रयोग गर्न नमिल्ने भएको हो । जिल्लाका विभिन्न अस्पतालमा १५ युनिट बिरामीलाई चढाइएको केन्द्रले जनाएको छ ।

नवलपरासी जिल्लाबाट ३३ युनिट, जिल्लामा शिविरमार्फत् ३२ युनिट र संस्थामा आएर छ जनाले प्लाज्मा दान गरेका हुन् । देशभरमा नै सबैभन्दा बढी चितवनमा प्लाज्मा सङ्कलन भएको पौडेलले दाबी गरे । सामाजिक सङ्घसंस्थाले अभियान नै सञ्चालन गरेर प्लाज्मा सङ्कलन गरेपछि यहाँ र बाहिरसमेत पठाउन सकिएको उनको भनाइ छ ।

सङक्रमितको नतिजा नेगेटिभ आएको १४ दिनपछि ४५ दिनभित्र रगत सङ्कलन गरी प्लाज्मा बनाउनुपर्ने हुन्छ । यसका लागि लक्षण देखिएका सङ्क्रमित चाहिने पौडेलको भनाइ छ । जिल्लाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजसँगै पुष्पाञ्जलि अस्पतालमा गम्भीर अवस्थाका सङ्क्रमितको उपचार हुँदै आएको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार निको भएका कोरोना सङ्क्रमितको रगतबाट प्लाज्मा निकालेर सङ्क्रमितको शरीरमा चढाउने प्रक्रिया नै प्लाज्मा थेरापी हो ।

यसबाट गम्भीर अवस्थाका सङ्क्रमितको उपचार गर्न सहयोग पुग्छ । रगतमा हुने प्रोटिनसहितको पहेँलो पदार्थ नै प्लाज्मा हो । निको भएका सङ्क्रमितको विकास भएको एन्टिबडीको प्लाज्मा सङ्क्रमितलाई दिएर भाइरससँग लड्नसक्ने क्षमता यसले विकास गर्ने अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ४ : ०१ बजे

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु