काठमाडौं । बुधबार नेपालमा कोरोना भाइरसका १ हजार ९५४ जना नयाँ संक्रमित थपिएका छन् ।
दशैंका कारण पीसीआर परीक्षणमा ह्वात्तै कमी आउँदा संक्रमितको संख्या पनि कमि देखिएको हो ।
८ हजार २४८ पीसीआर परीक्षण गर्दा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कुल संक्रमितको संख्या १ लाख ६२ हजार २५४ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या हिजो भन्दा पनि घटेर ३९ हजार ६४३ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ७०९ रहेका छन् । यस्तै होम आइसोलेसनमा ३१ हजार ९३४ जना बसेका छन् ।
पीसीआर परीक्षण गर्दा सक्रिय संक्रमितको संख्या घट्दा निको हुनेको संख्या भने बढी देखिएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९८४ जना संक्रमण मुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
बुधबार काठमाडौं उपत्यकामा ८४३ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ६९६ जना, ललितपुरमा ११८ जना र भक्तपुरमा २९ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको हो । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।
प्रतिक्रिया