६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

१ हजार ९५४ जना संक्रमित थपिए, ११ जनाको मृत्यु



काठमाडौं । बुधबार नेपालमा कोरोना भाइरसका १ हजार ९५४ जना नयाँ संक्रमित थपिएका छन् ।

दशैंका कारण पीसीआर परीक्षणमा ह्वात्तै कमी आउँदा संक्रमितको संख्या पनि कमि देखिएको हो ।

८ हजार २४८ पीसीआर परीक्षण गर्दा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कुल संक्रमितको संख्या १ लाख ६२ हजार २५४ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या हिजो भन्दा पनि घटेर ३९ हजार ६४३ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ७०९ रहेका छन् । यस्तै होम आइसोलेसनमा ३१ हजार ९३४ जना बसेका छन् ।

पीसीआर परीक्षण गर्दा सक्रिय संक्रमितको संख्या घट्दा निको हुनेको संख्या भने बढी देखिएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९८४ जना संक्रमण मुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

बुधबार काठमाडौं उपत्यकामा ८४३ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ६९६ जना, ललितपुरमा ११८ जना र भक्तपुरमा २९ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको हो । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ४ : २५ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक भोलि फागुन

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार,

महाशिवरात्रीमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

काठमाडौं । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौं । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा