२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

धौलागिरी अस्पताल स्तरवृद्धिका लागि जग्गा अभाव



बागलुङ । कहिले भवन अभाव त कहिले जनशक्ति अभाव खड्कँदै आएको धौलागिरि अस्पताल बागलुङलाई स्तरोन्नति गरी उप–प्रादेशिक अस्पताल बनाउन जग्गाको अभाव भएको छ ।

तत्काल भौतिक संरचना र जेनतेन जनशक्तिका कारण गुणस्तरीय सेवा दिँदै आएको अस्पताल स्तरवृद्धिका लागि जग्गा अभाव भएको हो ।

गण्डकी प्रदेश सरकारले साविक धौलागिरि अञ्चल अस्पताललाई स्तरवृद्धि गर्नका लागि हाल धौलागिरि अस्पताल नामकरण गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा गण्डकी प्रदेश सरकारले प्रादेशिक अस्पताल पोखरा र उप–प्रार्देशिक अस्पताल बागलुङ बनाउने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

सोहीबमोजिम ५० शैयामा सञ्चालन रहेको धौलागिरि अस्पताल बागलुङलाई २०० शैयामा स्तरवृद्धि गर्नका लागि बजेटसमेत विनियोजन भइसकेको छ । तर धौलागिरि अस्पताल बागलुङमा अस्पतालको स्तरवृद्धिका लाथि थप जग्गा आवश्यक पर्ने देखिएको छ ।

बागलुङ बजारको मुटुमा रहेको धौलागिरि अस्पताल हाल २५ रोपनी जग्गाबाट सञ्चालनमा आएको भए पनि तीन ब्लकका ठूला भवन, डाक्टर तथा स्वास्थ्यकर्मी आवास, प्रशासन, पोषण गृह जस्ता भवनले अस्पतालको धेरै जग्गा प्रयोगमा आइसकेकाले अस्पताललाई थप २० रोपनी जग्गा आवश्यक भएको धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए ।

“उप–प्रादेशिक अस्पताल बनाउन अस्पतालको जग्गाले पुग्दैन, करिब २० रोपनी जग्गा आवश्यक हुन्छ” मगरले भने “बुधबार बागलुङ जिल्लाका सांसद, राजनीतिक दल तथा सरोकारवालासँगको छलफलले जग्गा छनोट गर्ने समिति गठन गरेका छौँ ।”

मगरका अनुसार धौलागिरी अस्पतालको पूर्वतर्फ रहेको फ्युचर ब्राइटर बोर्डिङ, हुलाक कार्यालयको जग्गा र घरेलुको जग्गा व्यवस्थापन गर्न सकेमा अस्पताललाई भविश्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान गराउनसमेत जग्गा पुग्नेछ ।

अस्पताल र सरोकारवालाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खोज समिति गठनसमेत गरेको छ । समितिले आवश्यक जग्गा विकल्पसहित अध्ययन प्रतिवेदन एक महिनाभित्र बुझाइसक्नुपर्ने छ ।

बुधबारको सरोकारवालाहरुको छलफलमा बोर्डिङको जग्गा खरिद गर्ने र हुलाक तथा घरेलु कार्यालयको जग्गा प्राप्ति गर्ने, पाँच किलोमिटर क्षेत्र भित्र जग्गा खरिद गर्ने तथा अस्पतालमा भएको आवास अन्यत्रै लैजाने र हाल भएको जग्गामा बहुतला भवन बनाउने जस्ता विकल्पसहितका सुझाव आएका थिए ।

तत्कालका लागि अस्पतालले दुई स्थानबाट सेवा दिने अवस्था राम्रो नभएको भन्दै अस्पताल आसपास भएको जग्गा खोज गर्नु नै उपयुक्त हुने अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।

अस्पताललाई २०० शैयाको बनाउन थप २० रोपनी जग्गा व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको छ । अस्पताललाई २०० शैयाको बनाउन गण्डकी प्रदेश सरकारले एक करोड विनियोजन गरेको र तत्कालै स्तरवृद्धिको काम थालनुपर्ने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. रामबहादुर केसीले जानकारी दिए ।

“गण्डकी प्रदेश पोखरा पछिको ठूलो अस्पताल निर्माणका लागि अहिले बागलुङकै धौलागिरी अस्पताल स्तरवृद्धि गर्ने योजनानुसार बजेट आइसकेको छ” डा केसीले भने, “अस्पतालमा जग्गा अभाव देखिएको छ, यहाँका सरोकारवाला निकायले तत्कालै जग्गा प्राप्तिको पहल गरिनुपर्दछ ।” -रासस

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  १२ : ४० बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५