३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

बागलुङको धौलागिरी अस्पतालमा मेरुदण्डको शल्यक्रिया



गलकोट । बागलुङको धौलागिरी अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो ।

धौलागिरी अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुङ्गानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिए ।

“यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो, ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ”, उनले भने । अहिले अस्पातलमा दैनिक चार सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका डा प्रधानले बताए ।

यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाडौंलगायत ठाउँ जाने गरेका थिए । महँगो उपचारका रूपमा मानिदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरुलाई पनि सहज हुने भएको छ । पछिल्लो समय विशेषज्ञ चिकित्सक थप भएसँगै अस्पतालले ओपिडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ७ : ३३ बजे

सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छ : प्रचण्ड

मकवानपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र

लेवनानमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया