२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

हुम्लाको नाम्खा गाउँपालिकामा धमाधम पठनपाठन हुँदै



हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले विद्यालयमा पठनपाठन शुरु गरेको छ ।

झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा प्रभाव परेकाले अभिभावकको दबाबपछि पठनपाठन सुरु गरिएको हो ।

लामो समय लकडाउनका कारण विद्यालय बन्द हुँदा विद्यार्थीले पढेको कुरा बिर्सिने भएका कारण पढाइ सञ्चालन गर्न अनुमति दिएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । वडा नं ६ लिमीका दुई विद्यालयमा बाह्रै महिना नियमित पठनपाठनका लागि अनुमति दिएको र अन्यका लागि बुधबार दिइएको अध्यक्ष लामाले बताए ।

नाम्खा गाउँपालिकाको केन्द्र रहेको याल्वाङाको महाबौद्ध माध्यामिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी अन्तरपालिका र शिक्षक जिल्ला बाहिरका भएका कारण पीसीआर अनिवार्य गरीएको हो । विद्यार्थीलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाएर कक्षा सुरु गरिएको हो ।

कात्तिक ७ गते विद्यालय व्यवस्थापन समितिले १२ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको भए पनि बुधबार शिक्षक, विद्यार्थी र अभिभावकले छलफल गरेका कारण कक्षा सञ्चालन नभएको हो ।

महाबौद्ध माध्यामिक विद्यालयले कक्षा पाँचदेखि माथिका कक्षा १२ सम्मका लागि पडनपाठन हुने भएको छ । सोही पालिकामा १६ वटा सामुदायिक विद्यालय र एक धार्मिक विद्यालय (गुम्बा) मा एक हजार ६० जना विद्यार्थी अध्ययनरत रहेका छन् । अन्य विद्यालय पनि एकदुई दिनमा सञ्चालनमा आउने भएका छन् ।

यस्तै हुम्लाको तल्लो क्षेत्रका ताँजाकोट र अदानचुली गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका सामुदायिक विद्यालय यही कात्तिक १६ गतेदेखि पढाइ शुरु गर्ने भएका छन् । कात्तिक ११ गते बसेको गाउँ कार्यपालिकाको बैठकअनुसार गाउँपालिका भरिका सबै सामुदायिक बिद्यालय खोल्ने निर्णय भएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए ।

लामो समयदेखि विद्यालय बन्द रहेकाले अदानचुली गाउँपालिका भरीका सम्पूर्ण सामुदायिक विद्यालयलाई कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने भएकाले नियमित रुपमा पठनपाठन सुरु गर्न शिक्षक/कर्मचारीलाई आ-आफ्नो विद्यालयमा हाजीर हुन पत्राचार गरेको अध्यक्षले बताए । सावधानी अपनाई गाउँपालिकाका सबै बिद्यालय सञ्चालन गरिने भएको छ ।

यस्तै जिल्लाको खार्पुनाथ, ताँजाकोट र सर्केगाड गाउँपालिकाले कात्तिकदेखि पढाइ सञ्चालन गर्ने तयारीमा जुटेको खार्पुनाथ गाउँपालिकाले जनाएको छ । हुम्लामा फागुनदेखि नयाँ शैक्षिकसत्र शुरु भएर मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न हुने गर्छ ।

तीन महिना हिउँदे बिदा हुने भएका कारण यहाँका स्थानीय तहले धमाधम विद्यालय सञ्चाल गर्ने तयारीमा जुटेका छन् । मङ्सिरमा वार्षिक परीक्षा हुनेभएका कारण कोरोनाबाट बच्ने सुरक्षा सावधानी अपनाउँदै पढाइ सञ्चालन गर्ने भएका छन् । रासस

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ६ : ४२ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s