४ पुस २०८२, शुक्रबार | December 20, 2025

११ तोला सुन भएको झोला ३ घण्टासम्म बसपार्कमा बेवारिसे !



बुटवल । बुटवल बसपार्कमा ३ घण्टा बेवारिसे अवस्थामा रहेको झोलामा ११ तोला सुन फेला परेको छ ।

यही कात्तिक १२ गते मध्यान्हबाट बसपार्कमा देखिएको झोला कसैले नउठाएपछि प्रहरीले लगेकोमा झोलामा अन्दाजी ११ तोला सुनको गहना फेला परेको थियो ।

१२ गते अपरान्ह ५ बजे प्रहरीमा सैनामैनाका जीवन पोखरेलले आफ्नो भाउजु बिन्दु पोखरेलको झोला बुटवल बसपार्क नजिकैको भुडकिचोकबाट हराएको उजुरी दिएका दिएका थिए ।

उजुरीकै आधारमा प्रहरीले झोला खोज्दै जाँदा उजुरी परेको करिव ३ घण्टा पछि बुटवल बसपार्कमा बेवारिसे झोला फेला पारेको थियो । झोला खोलेर हेर्दा सुनका गरगहना फेला परेपछि ईलाका प्रहरी कार्यालयमा बुझाईएको थियो ।

आवश्यक प्रमाण बुझी फेला परेको झोला उजुरी कर्ता जिवन पोखरेललाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सशस्त्र द्वन्द्वकालदेखि नै सडक किनारमा भेटिने बेवारिसे झोलाहरुमा बिस्फोटक पदार्थ भेटिने र बिस्फोटबाट जनधनको क्षति हुने गरेदेखि सर्वसाधारणले बाटोमा भेटिने झोला छुन डराउने गरेको पाइएको प्रहरीले बताएको छ ।

गहना सहितको झोला फेला परेपछि सुन धनी पोखरेलले प्रहरीलाई धन्यवाद व्यक्त गरेकी थिईन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ८ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको