काठमाडौं । शुक्रबार कोरोना भाइरसका थप ३ हजार ५१७ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको हो ।
१४ हजार ९८९ जनाको परीक्षण हुँदा २ हजार १५६ पुरुष र १ हजार ३६१ महिला गरी ३ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार ४ हजार ९६ जना संक्रमण मुक्त भएका छन् ।
यसँगै हालसम्म संक्रमित हुनेको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।
शुक्रबार सक्रिय संक्रमितको संख्या केही घटेर ३८ हजार ३५७ मा झरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
प्रतिक्रिया