६ पुस २०८२, आइतबार | December 21, 2025

लुम्बिनी प्रदेशको रुपन्देही र बाँकेमा शुक्रबार पनि थपिए ८० र ३३ नयाँ कोरोना संक्रमित



बुटवल । शुक्रबार पनि लुम्बिनी प्रदेशको ठुलो जन घनत्व रहेको जिल्ला रुपन्देही र बाँकेमा कोरोना संक्रमित थपिने क्रमले निरन्तरता पाएको छ । शुक्रबार रुपन्देहीमा ८० जना नयाँ कोरोना संक्रमित थपिंदा बाँकेमा ३३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा रुपन्देहीका महिला र पुरुषले कोरोना संक्रमणमा प्रतिस्पर्धा गरेको पाईएको छ । हरेकदिन पुरुषको तुलनामा महिलामा कम संक्रमण पुष्टि हुने गरेकोमा शुत्रबार भने बराबरको संख्यामा महिला र पुरुष जिल्लामा नयाँ कोरोना संक्रमितकारुपमा थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा ४० महिला र ४० पुरुष गरि ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरमा २५ जना, सिद्धार्थनगरमा २० जना, तिलोत्तमामा १६ जना, सैनामैनामा १२ जना, देवदह र कन्चनमा २।२ जना तथा रोहिणी, सम्मरीमाई र ओमसतियामा १।१ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज थपिएसंगै रुपन्देहीमा कुल संक्रमितको संख्या ६१०३ पुगेको छ । जिल्लामा ७३ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

उता शुक्रबार बाँकेका थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शुक्रबार बाँकेका विभिन्न स्थानका १४ महिला र १९ पुरुष गरी ३३ जनामा कोरोना संक्रमण देखिएको हो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा १७ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा १२ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा ४ गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको फोकलपर्शन श्रेष्ठले जानकारी दिए ।

आज थपिएसँगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ११० पुगेको छ ।

संक्रमितमध्ये ३० जनाको ज्यान गइसकेको छ भने, २ हजार ७८६ जना निको भएर डिस्चार्ज भइसकेका छन ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १० : १६ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या